पोखरा :- भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको शव पोखरामा ल्याएर पहिचान तथा परीक्षण गर्ने काम सुरु भएको छ।
नवलपुर, गोरखा, धादिङ र तनहुँबाट ल्याइएका ९३ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नौ शव मणिपाल शिक्षण अस्पतालमा राखिएका छन्। आफन्तलाई स्क्रिनमा शवको तस्बिर देखाएर पहिचान गर्ने व्यवस्था मिलाइएको छ।
पहिचान भएका शव कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइने र पहिचान हुन नसकेका शवको डीएनए परीक्षण गरिने प्रहरीको भनाइ छ।












