काठमाडौं :- लुम्बिनी प्रदेशमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठनपछि तीन जना नयाँ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
स्वास्थ्य मन्त्रीमा दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रजित थारु र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा कृष्णा कुश्मा थारु नियुक्त भएका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई शपथ गराएका हुन्। तीनै जना नेपाली कम्युनिस्ट पार्टीका सांसद हुन्।
पुनर्गठनपछि तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।












