काठमाडौँ :- मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर मनसुनी गतिविधि सक्रिय रहेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशीका तराई क्षेत्रमा हावाहुरी आउनसक्ने महाशाखाले जनाएको छ।












