काठमाडौँ :- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको वार्षिकीलाई विगत सम्झने मात्र नभई आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने संकल्प गर्ने अवसर बनाउनुपर्ने बताएकी छिन्।
गौतमले सामाजिक सञ्जालमा एक वर्षअघि आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मरण गर्दै उनीहरूको बलिदानलाई सार्थक बनाउन भविष्यमा त्यस्तो अवस्था आउन नदिने प्रतिबद्धता आवश्यक रहेको बताइन्।
गत वर्ष भदौ २३ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको थियो। त्यसपछि आन्दोलन देशव्यापी रूपमा विस्तार हुँदै तत्कालीन राज्य संरचनामा समेत ठूलो परिवर्तन ल्याएको थियो।
उनले आजको दिनलाई स्मृतिसँगै जिम्मेवारी र संकल्पको दिनका रूपमा लिनुपर्नेमा जोड दिएकी छिन्।












