पत्रकार महासंघ ललितपुरको पहलमा तिन सय 50 पत्रकारले लगाए बुस्टर डोज खोप
४९२ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार (२ साल अघि)
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अन्तर्गत तीन सय ५० पत्रकारका साथै सदस्यहरुले बुस्टर डोजको खोप लगाएका छन् । सो शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा आज कोरोना बिरुद्धको तेस्रो खोप उक्त व्यक्तिलाई दिइएको हो । पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पस परिसरमा सो शाखाका साथै हाल उपत्यकामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका व्यक्तिलाई तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्याम्पस परिसरमा यो खोप भोली र बिहीबार पनि दिइने छ ।” खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यस अघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य साथमा लिएर आउन कार्कीले आग्रह पनि गर्नुभएको छ । सो खोप लगाउन बाँकी भएका पत्रकारलाई तोकिएको स्थानमा उपस्थित हुन कार्कीले पुनः अनुरोध गर्नुभयो ।