ट्रेन्डिङ

सिराहा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता, १५७ किलो गाँजा बरामद

ग्यास आपूर्तिमा उद्योगीको असहयोगप्रति मन्त्रीको गुनासो, निगमलाई उद्योग खोल्न सुझाव

नेपाल कानुन आयोगको संरचना र कार्यक्षेत्र सुधार्न विधेयक प्रस्तुत

जलवायु न्यायका लागि विश्वसामु नेपाल एकढिक्का हुनुपर्छ : लामिछाने

बाबरको शतकमा हङकङको जित, नेपाल २४६ रनमै समेटियो

एक वर्षमै एमाले कमजोर हुनुको कारण जनताबाट दूरी : ज्ञवाली

गृहमन्त्री गुरुङ भन्छन्– ‘जेनजी आन्दोलनको अपमान तीन करोड नेपालीको अपमान हो’

भोटेकोशी बाढीपछि कांग्रेसले सार्‍यो वडा अधिवेशनको मिति

मन्त्री गौतमको आह्वान : जेनजी आन्दोलनको दिनलाई ‘संकल्प दिवस’ बनाऔँ

पर्साबाट फरार प्रतिवादी पक्राउ

बाढीपीडितको खोजी तथा उद्धार जारी, शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

भोटेकोशी बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल प्रभावित क्षेत्रमा जाने

भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, आज देशभर राष्ट्रिय शोक

एकदिवसीय श्रृङ्खलामा नेपाल ‘ए’को क्लिन स्वीप हार, अन्तिम खेलमा पनि न्युजिल्यान्डसँग पराजय

गण्डकको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाउने ८ जना पक्राउ

शिक्षण अस्पतालमा भोटेकोशी बाढीका ५९ शव अझै बाँकी

वैकल्पिक बाटोबाट तीन दिनमै काठमाडौं आयो ८७ हजार ८७७ सिलिण्डर ग्यास

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताको जीवनमा देखिने परिवर्तनमा बदल्नुपर्छ : मन्त्री लम्साल

भोटेकोशी बाढीको पीडा: १,३४१ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

पर्सामा कार चेकजाँच गर्दा ११४ किलो गाँजा बरामद

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मानव बेचबिखनमुक्त समाजका लागि संयुक्त प्रयास आवश्यक : प्रधानमन्त्री शाह

सुनको मूल्यमा २ हजार ५ सय रुपैयाँको वृद्धि

दुई जनाको जीवित उद्धारले बढायो आशा, सबै सुरुङमा उद्धार कार्य जारी

सञ्जय र कविरको सकुशल उद्धार, छाउनी सैनिक अस्पतालमा उपचार हुँदै

भदौ २३ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्राकृतिक विपद्मा सरकारसँग सहकार्य गर्ने रास्वपाको प्रतिबद्धता

चापाकोटका वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ

सुनचाँदीको मूल्य बढ्यो, सुन ३ लाख नाघ्यो

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समिति बैठक बोलाइयो, यी विषयमा हुँदैछ छलफल

नेप्सेमा हरियाली, कारोबार रकम बढेर २.९३ अर्ब

सामाजिक सञ्जालमा मात्र सरकार देखियो, जमिनमा उद्धार कमजोर : पौडेल

भाडामा घर वा कोठा खोज्ने झन्झट अब सकियो—‘ईभाडा’ (eBhada)

अस्पतालको नाम लेखिएको भ्यानमा ६० किलो गाँजा

कृष्णभीरपछि नागढुङ्गा–नौबिसे सडक पनि भासियो

भोटेकोशी बाढी : मृतकप्रति श्रद्धाञ्जली दिन संसद्मा विशेष प्रस्ताव

फ्ल्यास फ्लड प्रभावितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग

६ दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार

विपद् प्रभावितलाई सहयोग गर्न सभामुख अर्यालको एक महिनाको पारिश्रमिक योगदान

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

विपद् राहतका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग

जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : मन्त्री चौधरी

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

नेपाली पत्रकारितामा महिला : उल्लेखीय सहभागीता तर स्थापित हुन कठिन

देवकी थापा/नेपाली पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरूको सङ्ख्या विगतका वर्षहरूमा भन्दा अहिले सन्तोषजनक छ । राज्यका अन्य क्षेत्रमा महिलाहरूको सहभागी कम देखिएपछि पत्रकारिता क्षेत्रमा भने महिला पत्रकारहरूको उपस्थिति राम्रै रहेको पाइन्छ । देशको राजधानी मात्रै होइन मोफसलमा बसेर काम गर्ने महिला पत्रकारको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । गाउँ गाउँमा खुलेका एफ. एम. रेडियो, स्थानीय पत्रपत्रिका र अनलाइनका कारण अझै पनि पत्रकारितामा क्षेत्रमा आकर्षण उत्तिकै बढ्दो छ । यद्यपी पत्रकारितामा महिलाको उपस्थिति सङ्ख्या पुरुषसँग दाज्ने हो भने कम त छ र यो उपस्थितिलाई कम भन्न मिल्दैन । पत्रकारितामा लागेर रिर्पोटिङ गर्ने र गाउँ गाउँमा बसेर केन्द्रका सञ्चार माध्यमलाई समाचार सामग्री पठाउन ग्रामीण क्षेत्रका महिला तल्लीन छन् । यसबाहेक पत्रकारितामा पछिल्ला वर्षहरूमा समावेशीकरणको सवाल उठिरहेको छ । नेपाल पत्रकार महासंघ र सञ्चार माध्यमको नेतृत्वमा पनि महिला सहभागी प्रभावकारी हुँदै गइरहेको छ । तर पत्रकार महासंघकै कुरा गर्दा महासंघको नेतृत्वमा महिलालाई कम प्राथमिकता दिइएको छ । पुरुष पत्रकारको हाबीका कारण कतिपय पत्रकार महासंघकै चुनावमा पनि महिला पत्रकार पराजित हुनुपर्ने अवस्था पनि छ । त्यसकारण पत्रकार महासंघ र नेतृत्व तहमा महिला पत्रकारको सङ्ख्या बढाउन पनि आवश्यक देखिन्छ ।

त्यस्तै मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले वैदेशिक मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारको बारेमा तयार गरिएको अनुसन्धान प्रतिवेदनअनुसार पनि नेपाल पत्रकार महासंघका साढे १३ हजार सदस्यमध्ये दुई हजार चार सय मात्रै महिला देखिएको छन् । यसलाई हेर्दा महिला पत्रकारको संख्या जम्मा १८ प्रतिशत छ । अब यो संख्यालाई न्यूनतम ३३ प्रतिशत बनाउनतिर लैजाने हो भने पनि पत्रकारितामा महिलाहरूको सङ्ख्या पनि सन्तोषजनक हुन्छ । यसको लागि उनीहरूको दक्षता बृद्धि, वृत्ति विकास, सञ्चारमाध्यमको सम्पादकीय भूमिकामा उचित स्थान र समाचार कक्षमा महिलामैत्री वातावरण बनाउन आवश्यक छ । यसो गरियो भने महिलालाई पत्रकारितामा टिकाइराख्न सकिन्छ । हालको अवस्था हेर्दा सहभागिता बढाउन त्यसमा महिलाका लागि छुट्टै के व्यवस्था गर्न सकिन्छ । त्यसकारण आम सञ्चारको क्षेत्रमा महिला सहभागिता वृद्धिका लागि योजना बनाउन म्यागले तयार गरेको प्रतिवेदन पनि महत्वपूर्ण हुनेछ । यसबाहेक मूलधारका सञ्चारमाध्यममा वीट निर्धारण गर्दा महिलालाई महत्वपूर्ण जिम्मेवारी दिन आवश्यकछ । नेपाली टाइम्सका सम्पादक कुन्दन दीक्षितका अनुसार मिडिया मात्रै हैन राज्यका सबै क्षेत्रमा लैङ्गिक असन्तुलन छ । अझ विदेशी मामिला रिपोर्टिङमाम महिलाको सङ्ख्या निकै कम छ । हाल आठ सयजना पत्रकार महिलाहरूमध्ये पाँच सयजना सहभागी महिलाहरूले राखेको धारणाका आधारमा २३ दशमलव ९ प्रतिशत सामाजिक बिटमा, १९ दशमलव ५ प्रतिशत लैङ्गिक तथा महिला, १३ दशमलव ३ प्रतिशत राजनीति र ६ दशमलव ६ प्रतिशत महिलाहरू परराष्ट्र मामिला क्षेत्रमा रिपोर्टिङमा क्रियाशील छन् ।

नेपालमा श्रमजीवी पत्रकार महिलाको सङ्ख्या २५ प्रतिशत रहेको पत्रकार महासंघ र सञ्चारिका समूहको तथ्याङ्क छ । यसबाहेक सञ्चारिका समूहले महिला पत्रकारको विषयमा वकालत गर्दै आइरहेको पनि छ । समूहले सर्वेक्षण गरेका ९ सय ७ सञ्चारगृहमा ७ हजार ६ सय ५० पत्रकार कार्यरत छन् । तीमध्ये श्रमजीवी पत्रकारमा पुरूष ५ हजार ७ सय ११ जना छन् भने महिला १ हजार ९ सय ३९ जना अर्थात् २५.३ प्रतिशत छन् । पत्रकारितामा २० देखि ३० वर्ष उमेर समूहका महिला सबैभन्दा बढी सक्रिय रहेको तथ्याङ्कले देखाउँछ । अध्ययनका क्रममा राजधानी र मोफसलका गरी कूल ९ सय ७ सञ्चारगृहको सर्वेक्षण गरिएको थियो । तीमध्ये छापा सञ्चारगृह ५ सय ३१, रेडियो ३ सय ६, टेलिभिजन ३१ र अनलाइन ३९ छन् । सर्वेक्षण गरिएका सञ्चारगृहमा काठमाडौं उपत्यकाका सञ्चारगृह ९ दशमलव ४ प्रतिशत र उपत्यका बाहिरका सञ्चारगृह ९० दशमलव ६ प्रतिशत छन् । सर्वेक्षणमा सहभागी कूल १ हजार १ सय ४३ पत्रकार महिलामध्ये २३ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकामा र ७६ दशमलव ४ प्रतिशत उपत्यका बाहिर कार्यरत छन् । अध्ययनमा सहभागीमध्ये ६२ दशमलव १ प्रतिशत रेडियोमा कार्यरत छन् । पत्रकार महिलामध्ये छापामा २२ दमशलव ६ प्रतिशत यस्तै टेलिभिजनमा १० दशमलव ७ प्रतिशत र अनलाइनमा ७ प्रतिशत पत्रकार महिला कार्यरत छन् । पत्रकारितामा ब्राहमण/क्षेत्री समुदायका महिला ५८ दशमलव ६ प्रतिशत छन् ।

पत्रकार महिलामध्ये ४१ दशमलव ८ प्रतिशतले स्नातक तह अध्ययन गरेका छन् । पत्रकार महिलामध्ये २१ दशमलव ९ प्रतिशतले पत्रकारिता अध्ययन गरेका छन् ।

पत्रकारिताका माथिल्ला पदहरूमा पत्रकार महिलाको उपस्थिति चिन्ताजनक देखिन्छ । वरिष्ठ र कार्यकारी पदमा पुग्ने पत्रकार महिलाको सङ्ख्या औंलामा गन्न सकिने छ । वरिष्ठ संवाददाता÷ब्यूरो प्रमुखमा २.९ प्रतिशत, सम्पादकमा ८.१ प्रतिशत र प्रकाशक वा व्यवस्थापकका रूपमा २.७ प्रतिशत महिला कार्यरत छन् । सबैभन्दा बढी ४१.५ प्रतिशत पत्रकार महिला समाचार वा कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत छन् । यस्तै, २९.३ प्रतिशत पत्रकार महिला संवाददाता÷उपसम्पादक पदमा काम रहेको अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार ४६.५ प्रतिशत पत्रकार महिला मिश्रित बिटमा काम गर्ने गरेका छन् । यस्तो अवस्था उपत्यकाबाहिर बढी देखिन्छ । पत्रकार महिलाले टिभी र रेडियोमा समाचार वाचनदेखि रिपोर्टिङ गर्दै आइरहेको तथ्यांकले देखाउँछ । अध्ययन अनुसार हाल थोरै पत्रकार महिलाले मात्र राजनीति, अर्थ, अन्तर्राष्ट्रियलगायतका बिटमा काम गर्ने अवसर पाएका छन् । राजनीति र समसामयिक बिटमा ३ प्रतिशत, अर्थ र वाणिज्यमा २.५ प्रतिशत र अन्तर्राष्ट्रिय तथा परराष्ट्र मामिलामा ०.८ प्रतिशत पत्रकार महिलाले काम गर्ने गरेको सर्वेक्षणले देखाएको छ । पदोन्नतिमा पत्रकार महिलाको अवस्था उत्साहजनक देखिंदैन । सर्वेक्षणमा सहभागीमध्ये ४७.४ प्रतिशत पत्रकार महिलाले आपूmले काम थालेपछि पदोन्नति भएको जानकारी दिए भने ३५.६ प्रतिशतले नभएको बताएका थिए । यस कारण समेत निराश भएर उनीहरूले पेशा छोडेको या परिवर्तन गरेको देखिएको छ । तलब, राम्रो अवसर, संस्थामा काम गर्ने वातावरण, पारिवारिक समस्या, शिक्षा लगायतका कारणले पनि पत्रकार महिला आपूm कार्यरत संस्था परिवर्तन गरेका छन् । सबैभन्दा बढी २७.१ प्रतिशतले तलबलाई संस्था परिवर्तन गर्नुको मुख्य कारण बताएका छन् । यस्तै, पहिलाभन्दा राम्रो अवसर पाएकाले संस्था परिवर्तन गरेको बताउने पत्रकार महिला २१.३ प्रतिशत छन् । आधाभन्दा बढि ५१.३ प्रतिशत पत्रकार महिला पत्रकारिता गरिरहन चाहन्छन् भने १९.६ प्रतिशतले पेशा परिवर्तन गर्न चाहेका छन् ।

पदोन्नतीमा समस्या
महिला पत्रकारको पदोन्नति हुन निकै लामो समय लाग्ने सर्वेक्षणले देखाएको छ । सरकारी सञ्चारमाध्यमको नियमअनुसार पदोन्नतिका लागि महिलालाई कम्तीमा दुई वर्ष र पुरूषलाई कम्तीमा तीन वर्ष सो पदमा काम गरेको हुनुपर्ने व्यवस्था छ । तर, यति वर्ष काम गर्ने बित्तिकै पदोन्नति पाइन्छ भन्ने छैन । योग्यता पुगेका स्थायी पत्रकारले समेत माथिल्लो पद खाली नभएसम्म पदोन्नति पाउँदैनन् । यसबाहेक विभिन्न सञ्चारमाध्यममा न्यूनतम र नियमित पारिश्रमिक नपाउने समस्या विकराल बन्दै गएको छ । पछिल्ला दिनहरूमा धेरै सञ्चार माध्यमले पारिश्रमिक नदिएका गुनासाहरू पनि आइरहेका छन् । सर्वेक्षणले पनि यो समस्यालाई पुष्टि गरेको छ । सर्वेक्षण गरिएकामध्ये ४१.४ प्रतिशत पत्रकार महिलाले न्यूनतम पारिश्रमिक भेटिएको छ । अध्ययन अनुसार सबैभन्दा बढी समस्या मोफसलमा रहेको छ । मोफसल बाहिर रहेका स्थानीय सञ्चार माध्यममा काम गर्ने महिला तथा अन्य पत्रकारले आफै सञ्चार माध्यम सञ्चालन गर्ने तर काठमाडौंमा रहेका ठुला सञ्चार माध्यमले पारिश्रमिक नदिएका समस्याहरू यथावत रहेका अध्ययनले देखाएको छ ।

क्रियाशील महिला पत्रकारको सङ्ख्या बढ्दै
क्रियाशिल महिला पत्रकार पुस्तकाका अनुसार नेपालमा क्रियाशिल महिला पत्रकारको सङ्ख्या पनि बढेको छ । सो पुस्तकमा निर्मला आचार्यको लेखन, संगीता लामाको सम्पादन र अम्बिका राजथलाको संयोजन छ । पत्रकार महिलाहरू अञ्जना ताम्ली, आरती चटौत, उषा तितिक्षु, निर्मला आचार्य, अक्षरी पोखरेल, प्रेमकुमारी पन्त, बबिता बस्नेत, रम्यता लिम्बु, रमा पराजुली, राधा बुढाथोकी, रीता गुरुङ, लिला शाह, संगीता लामा, सरला संग्रौला र हरिकला अधिकारीका सङ्घर्षका कथा पुस्तकमा समेटिएका छन् । यी पुस्तक नयाँ महिला पत्रकारहरूको लागि अध्ययन सामग्री बन्न सक्छ ।

हिंसाको सङ्ख्या नरोकिदा
नेपाली पत्रकार महिलामाथि हिंसाका विभिन्न घटना पनि भइरहेका छन् । अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव ६ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत २ सय ८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा हिंंसा गर्ने व्यक्तिबारे सोधिएका प्रश्नमा दुई सय ८१ जना सहभागीमध्ये एक सय १६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मीबाट, ८९ जनाले परिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बद्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीबाट अनलाइन हिंसा भएको उल्लेख छ ।

सहभागीमध्ये ५३ प्रतिशतले आफूले भोगेको अनलाइन हिंसा पत्रकारिता पेसासँग सम्बन्धित रहेको बताएका थिए भने २१ दशमलव चार प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसापछि गएर धम्की र भौतिक आक्रमणसम्म पुगेका बताएका छन् । सहभागीमध्ये ११ दशमलव ४ प्रतिशतले आफूले नभई अरुले हिंसा भोगेको सुनाएको प्रतिवेदन उल्लेख छ । अध्ययनले सबैभन्दा बढी फेसबुक मेसेन्जरबाट हिंसा हुने देखाएको छ । सहभागीमध्ये फेसबुक म्यासेन्जरबाट ६२ दशमलव तीन प्रतिशत, १५ दशमलव ५ प्रतिशतले ट्विटर, १२ दशमलव आठ प्रतिशत ह्वाट्सअप, ११ दशमलव सात प्रतिशत भाइवर, छ प्रतिशतले इमेल र चार दशमलव छ प्रतिशतले इन्स्टाग्रामको माध्यमबाट हिंसा भएको देखाउँछ ।

महिला पत्रकारको लागि नीतिगत समस्या
त्यसो त महिला पत्रकारको लागि नीतिगत व्यवस्था पनि छुट्टै छैन । हाल अधिकांश महिला पत्रकारहरूले सञ्चारगृहमा महिलामैत्री नभएको गुनासो गर्दै आइरहेको पनि पाइन्छ । सरकारी तथा निजी कुनै पनि सञ्चारमाध्यममा महिलाका लागि छुट्टै नीति नियम बनाइएको छैन । सरकारले तय गरेको सकारात्मक विभेदको नीति अनुसार, प्रवेशमै अन्य निकायमा झैं सरकारी सञ्चारमाध्यममा २० प्रतिशत महिलाको सहभागिता हुनुपर्ने हो । सन् २०११ मा सञ्चारिका समूहको अध्ययनले समेटेको कुल ४६ सञ्चार संस्थामध्ये १२ वटाले मात्र मानव संसाधन नीतिमा महिलाको कुरा उल्लेख भएको पाइन्छ ।

सन्दर्भ सामग्री
– सञ्चारिका समूहद्धारा प्रकाशित तथ्याङ्क
– महिला पत्रकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन
– क्रियाशिल महिला पत्रकार पुस्तक
– ‘अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदन
– मिडिया एड्भोकेसी ग्रुप (म्याग)

(प्रेस काउन्सिल नेपालको प्रकाशन संहिताबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय