काठमाडौ :- जेन – जि को आन्दोलन बालाइ फालेर आमा ल्याउनु नभएको घाइतेको भनाइ छ । तर पनि “देशले अब युवा खोजेको छ बा आमाका पुस्ता हैन”
गत भदौ २२ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे युवराज उपाध्यायले उनको सोही स्टाटसबाट २३ भदौमा हुन लागेको जेन–जी आन्दोलनबारे थाहा पाएको ।
कैलाली घर भई उच्च शिक्षाका लागि काठमाडौंको बालकुमारीमा बस्ने उपाध्याय बालेनको त्यो स्टाटसबाट जेन–जी आन्दोलनबारे जानकार मात्र भएनन्, सडकमै उत्रिने निर्णय लिए । त्यो आन्दोलन सफल भए देशमा व्यवस्था र जनताको अवस्था तुरुन्तै परिवर्तन हुने सपना देखे ।
२३ गते बानेश्वरमा हजारौँ जेन–जी अर्थात् नवयुवाले भरिएको थियो । त्यही भिडभाडभित्र युवराज पनि छिरे – आँखामा नयाँ नेपालको सपना, हातमा मुट्ठी र ओठमा जोसिलो नारा । उनका साथीहरूले बारम्बार सम्झाए, ‘अग्रपंक्तिमा नजाऊ, खतरा हुन्छ । ‘ तर, उनले त्यस्तो चेतावनीलाई सुनेनन् । उनको मनमा एउटा कुरा मात्र घुमिरहेको थियो– देश बदल्ने आन्दोलन यहि हो म पछाडि बस्नु अन्याय हो ।
त्यसकै बीचमा प्रहरीले फायर खोल्यो । उनीसँगैको अर्को प्रदर्शनकारी गोलि लागि ढल्यो । भिड तितरबितर हुन थाल्यो, तर युवराज अझै नारा लगाइरहेका थिए । पहिलो गोलीले उनको बायाँ हात छेड्यो, रगत बग्न थाल्यो तर स्वर रोकिएन । फेरि अर्को गोली आयो, यसपटक उनको पेटमै लाग्यो, केही बेर रन्थनिए र बेहोस भए ।
‘के भयो, केही थाहा भएन, चेत हराउँदै गएको थियो,’ उनी अहिले सम्झन्छन् । साथीहरूले हतारहतार उनलाई एभरेस्ट अस्पताल लगे । त्यहाँ उपचार सम्भव नभएपछि ट्रमा सेन्टर, अनि अन्ततः वीर अस्पताल पुर्याइयो । यहि यात्रामा उनी जीवन र मृत्युसँग निरन्तर संघर्ष गरिरहेका थिए ।
आज पनि उनी अझै वीर अस्पतालकै शय्यामा छन्, शरीरमा दुईवटा गोलीको घाउ बोकेर पनि बाच्ने आशामा छन युबराज । तर, उनको आत्मा अझै उत्साहित छ, अझै जोसिलो छ । उनी भन्छन्, ‘ज्यानको माया नगरी देशको परिवर्तनका लागि मैदानमा उत्रिएको थिएँ । गोली लाग्दा पक्कै मरेँजस्तो लागेको थियो, तर अब बाँचेँ । खुसी छु । अझ ठूलो खुसी त यो हो कि देशमा युगान्तकारी परिवर्तन सुरु भएको छ ।’ तर उनी अझै बा लाई फालेर आमाको उदय भएको होकि भन्नेमा शंका पैदा गर्दछन ।
उनलाई यतिखेर सबैभन्दा दु:ख लागेको कुराचाहिँ एउटै मात्र छ । आन्दोलनपछि नेताहरू, अगुवाहरूदेखि नयाँ प्रधानमन्त्रीसम्म घाइते भेट्न पुगे, तर आफुलाइ भेट्न कोही नआएकोमा उनी खिन्न छन् । उनी गर्वका साथ भन्छन्, ‘दुईवटा तातो गोली खाएको म पनि त आन्दोलनको जिउँदो शहीद हुँ ।’
कैलालीको गाउँबाट राजधानीमा पढ्न आएको एउटा युवक, जसले आफ्नो शरीरमा गोलीको घाउ बोकेको छ, आज केवल घाइते मात्र होइन, जेन–जी आन्दोलनको जिउँदो प्रतीक बनेका छन् । तर, उनको सपना भने अझैसम्म अधुरै र अपूरै छ । जेन जि को उदेश्य बा फालेर आमा ल्याउने थिएन तर आन्दोलन बिचमा हाइज्याक भएको उनको बुझाइ छ ।



