काठमाडौँ :- वैशाख महिनामा देशभर एक हजार ५६ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट १७१, कोशी प्रदेशबाट २०६, मधेसबाट ७०, बागमतीबाट १५४, गण्डकीबाट ५६, लुम्बिनीबाट १६९, कर्णालीबाट २१ र सुदूरपश्चिम प्रदेशबाट १६७ जना रहेका छन्। त्यसैगरी लागुऔषध नियन्त्रण ब्यूरोबाट थप ४२ जना पक्राउ परेका छन्।
सो अवधिमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध पनि बरामद गरेको छ। बरामद सामग्रीमा एक हजार ८२० किलो गाँजा, १९ किलो चरेस, चार किलो हेरोइन, सात किलो अफिम, ३३ ग्राम कोकिन तथा ११ किलो पोलेन समावेश छन्।
त्यस्तै डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, ट्रामाडोल, नाइट्राभेट र स्पास्मो जस्ता नियन्त्रित औषधि पनि ठूलो मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ।




