काठमाडौँ :- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले जातीय भेदभाव तथा छुवाछूत कुनै एक समुदायको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा समस्या भएको बताएका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सबैको सामूहिक प्रयासबाट मात्रै यस्तो कुरीतिको अन्त्य सम्भव हुने उल्लेख गरेका छन्। यस अभियानमा नेपाली कांग्रेस प्रतिबद्धतापूर्वक लागिरहेको पनि उनले बताएका छन्।
सभापति थापाले समानता, सामाजिक न्याय, मानव अधिकार र सबै मानिस बराबर हुन् भन्ने भावनाको विकास गर्दै जातका आधारमा हुने घृणा र विभेदको अन्त्य गर्न दिवसले प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
उनले जातीय भेदभावमुक्त राष्ट्र घोषणा गर्न महत्वपूर्ण पहल गर्ने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रति सम्मान व्यक्त गर्दै दलित समुदायमाथि हुने छुवाछूत र भेदभाव अन्त्यका लागि कांग्रेस निरन्तर प्रतिबद्ध रहेको बताएका छन्।




