काठमाडौँ :- रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् ।
पहिलो अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौं महानगर वडा नम्बर ८ का सभापति थिए ।उपसभापतिमा रविन्द्र गौतम, सचिवमा शन्तमान महर्जन र सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन् ।
अधिवेशनका लागि ५२२ प्रतिनिधि रहेकोमा ४३८ मत खसेको थियो ।




