काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका हुन्। भ्रमण पूरा गरी लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उनले भारतको राजधानी नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको रास्वपाले जनाएको छ।




