काठमाडौँ :- सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यका चुनौतीलाई सम्बोधन गर्नेगरी कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।
आज पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पुराना तथा असान्दर्भिक कानुनको संशोधन वा खारेजी र प्रविधिमैत्री नयाँ कानुन निर्माण अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको उल्लेख गरे ।
उनले अघिल्लो अनुभवी पुस्ता, कार्यशील वर्तमान पुस्ता र प्रविधिमा दक्ष नयाँ पुस्ता मिलेर अघि बढे मात्रै देशलाई जनताले चाहेजस्तो बनाउन सकिने बताए ।
सभामुख अर्यालले सवारीसाधन सम्बन्धी उमेर हदजस्ता प्रावधानमा देखिएको विरोधाभासप्रति पनि प्रश्न उठाउँदै कानुन बनाउँदा व्यवहारिक पक्ष र सामाजिक चेतनाको स्तरलाई ध्यान दिनुपर्नेमा जोड दिए ।




