काठमाडौँ :- धादिङमा खानीबाट खसेको ढुङ्गाले च्याप्दा एक टिपर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार थाक्रेमा ढुङ्गा लोड गर्न लागेको बा ५ ख ८५८० नम्बरको टिपरमाथि खानीबाट ढुङ्गा खस्दा चालक ३५ वर्षीय देवेन्द्र खत्रीको मृत्यु भएको हो ।
थाक्रे गाउँपालिका–७ राम्चेस्थित बज्रकाली रोडा ढुङ्गा उद्योग खानीमा ढुङ्गा लोड गर्ने क्रममा दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ ।




