काठमाडौँ :- नेपालमा सक्रिय मौसम प्रणालीका कारण आज देशभर मौसम बदली रहने मौसम विभागले जनाएको छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली छ भने केही स्थानमा वर्षा भइरहेको छ।
दिउँसो तथा रातिको समयमा विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी समेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।




