काठमाडौँ :- आज नेपालमा गणतन्त्र दिवस मनाइँदैछ । विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
जनआन्दोलन, हजारौँको बलिदान र जनताको संघर्षबाट स्थापित गणतन्त्रको जग २०६३ सालको ऐतिहासिक आन्दोलनले तयार गरेको थियो । त्यसपछि संविधानसभा निर्वाचन हुँदै २०७२ सालमा नयाँ संविधान जारी भएको थियो ।
हाल नेपालमा संविधानअनुसार सङ्घीय शासन व्यवस्था कार्यान्वयनमा रहेको छ ।




