काठमाडौँ :- आज बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार विशेषगरी रातो आलु लाम्चोको भाउ वृद्धि भएको हो ।
हिजो आइतबार रातो आलु लाम्चो प्रतिकिलो थोकमा न्यूनतम २८, अधिकतम ३४ र औसत ३० रुपैयाँमा कारोबार भएको थियो । आज भने यसको मूल्य बढेर न्यूनतम ३०, अधिकतम ३५ र औसत ३२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, रातो आलु गोलो आज प्रतिकिलो थोकमा न्यूनतम २६, अधिकतम २८ र औसत २७ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।




