काठमाडौँ :- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज संसद्मा प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बजेट सार्वजनिक गर्नेछन् ।
सरकारले यस वर्ष रूपान्तरणमुखी बजेट ल्याउने तयारी गरेको छ । बजेटमा निजामती कर्मचारीको तलब वृद्धि, कर प्रणाली सुधार, राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने योजना तथा कमजोर सार्वजनिक निकाय खारेज गर्ने कार्यक्रम समेटिने भएका छन् ।
यस वर्ष बजेटको आकार २२ खर्ब रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।




