काठमाडौँ :- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सुशासनको नारासहित सत्तामा पुगेकाहरूको गतिविधिलाई नै सुशासनको मानक मान्ने हो भने जनताले ‘भो, यस्तो सुशासन चाहिँदैन’ भन्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन्।
पछिल्लो समय नेकपा एमालेले प्रधानमन्त्रीका अभिव्यक्ति तथा सरकारका विभिन्न कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएको छ। सोही विषयलाई लिएर एमालेले संसद्मा समेत अवरोध जारी राख्दै आएको छ।




