काठमाडौँ :- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक सुधार, प्रविधि विस्तार र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै नेपाललाई ‘टेक हब’ बनाउने लक्ष्यसहित एआई कम्प्युट क्षेत्र, डिजिटल प्रशासन र नवप्रवर्तनसम्बन्धी कार्यक्रम अघि सार्नुभएको हो ।
बजेटमा कृषि क्षेत्रमा ४० प्रतिशत प्रोत्साहन अनुदान, किसान केन्द्रित प्रणाली, भूमिहीन सुकुमवासी व्यवस्थापन, दलित बालपोषण भत्ता दोब्बर, जेन–जी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार तथा उद्यमशीलता कार्यक्रम समावेश गरिएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्योपचार, सफा शौचालय अभियान, मधेशमा ट्रमा सेन्टर स्थापना तथा नेपाल औषधि लिमिटेडमार्फत २५ प्रकारका औषधि उत्पादन गर्ने घोषणा गरिएको छ ।




