काठमाडौँ :- कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार हेटौँडाबाट ललितपुरस्थित निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका लागि सामग्री बोकेर जाँदै गरेको ट्रक गएराति दुर्घटनामा परेको थियो। दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–३ निवासी ३० वर्षीय दलबहादुर बर्तौलाको ज्यान गएको हो।
दुर्घटनापछि खोलामा डुबेको ट्रकलाई यान्त्रिक उपकरणको सहायताले राति नै बाहिर निकालिएको प्रहरीले जनाएको छ। चालक बर्तौलाको शव ट्रकको चालक सिटमै फेला परेको थियो।
ट्रकका सहचालक भने दुर्घटना हुनुअघि नै सवारीबाट हामफालेर सकुशल जोगिन सफल भएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




