काठमाडौँ :- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनको प्रभावस्वरूप स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको व्यवसायीहरू बताउँछन्।




