काठमाडौँ :- मध्यपहाडी लोकमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा जिप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन्।
दार्चुलाबाट जुम्ला जाँदै गरेको सल्लोक आश्रम जनकपुरको जिप शुक्रबार दुर्घटनामा परेको थियो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नवीन तुलाधर र रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा चालकसहित अन्य तीन जना घाइते भएका छन्, जसको अवस्था गम्भीर रहेको बताइएको छ।




