
काठमाडौँ :- नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स क्वालिफायर खेल्न जाने नेपाली टोली घोषणा गरेको छ । आइतबार सार्वजनिक गरिएको १४ सदस्यीय टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूहमा नेपालसँगै इन्डोनेसिया र थाइल्यान्ड रहेका छन् ।
एसियन गेम्स क्वालिफायर आगामी मे ३१ देखि सिंगापुरमा आयोजना हुँदैछ ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम रहेका छन् ।



