काठमाडौँ :- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रसेवक कर्मचारीको तलब तथा भत्तामा वृद्धि गरिएको घोषणा गर्नुभएको छ ।
बजेट प्रस्तुत गर्दै उहाँले बेसिक तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिनुभयो ।
नयाँ तलबमानअनुसार अब कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ र अधिकतम एक लाखभन्दा बढी हुनेछ । तलब र भत्ता जोडेर कुल वृद्धि करिब २१ प्रतिशतसम्म पुग्ने सरकारको दाबी छ ।
विगत लामो समयदेखि तलब समायोजन हुन नसकेको तथा महँगीका कारण कर्मचारीलाई जीवनयापनमा समस्या परेको भन्दै सरकारले नयाँ तलब संरचना ल्याएको हो । यो निर्णय साउन १ गतेदेखि लागू हुनेछ ।




