काठमाडौँ :- तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि भइरहेको छानबिनका लागि थप पाँच दिनको समय थप गरिएको छ।
छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीका अनुसार अनुसन्धान कार्य पूरा गर्न हालको म्याद पर्याप्त नभएकाले मंगलबारदेखि लागू हुने गरी पाँच दिनको थप समय स्वीकृत गरिएको हो।
समितिले गुरुङसँग बयान लिइसकेको जनाएको छ। बयानअघि समितिले उनीमाथि लगाइएका आरोपबारे सम्बन्धित निकायसँग जानकारी संकलन गर्नुका साथै उनको सम्पत्ति विवरणको समेत अध्ययन गरेको बताइएको छ।
थप समयावधिमा बाँकी अनुसन्धान प्रक्रिया पूरा गरी प्रतिवेदन तयार गरिने समितिले जनाएको छ।




