काठमाडौँ :- नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट ९, झापा र मोरङबाट ४–४, भक्तपुर र नवलपरासीबाट ३–३, काठमाडौँ र रुपन्देहीबाट २–२ तथा तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट १–१ जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र प्रयोग हुने ट्रामाडोल, टापेन्टाडोल, नाइट्राभेट, नाइट्राजेपाम र स्पास्मो लगायत औषधि बरामद गरेको जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




