काठमाडौँ :- ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी भएको छ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का प्रयोग गर्दै आएको बा.२ झ १८७८ नम्बरको स्कोर्पियो गाडी चोरी भएको हो।
प्रहरीका अनुसार गएराति करिब १० बजेदेखि बिहान ६ बजेको बीचमा ललितपुरको दुरीखेलस्थित चालकको घरबाहिर पार्किङ गरेर राखिएको अवस्थामा गाडी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकको घरबाट चाबी चोरेर चोरले गाडी चलाएर लगेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




