काठमाडौँ :- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को कार्यक्रममा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गर्नुभएको छ।
मन्त्री यादवको विदेश भ्रमण अवधिभर मन्त्रालयको दैनिक प्रशासनिक तथा नीतिगत कार्य सञ्चालनका लागि प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई कार्यवाहक श्रममन्त्रीको जिम्मेवारी तोक्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्री रामजी यादव स्वदेश फर्किनु नभएसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार उद्योगमन्त्री गौरीकुमारी यादवले सम्हाल्ने व्यवस्था गरिएको छ।




