काठमाडौँ :- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन् ।
उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद् खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गरिन् । सांसद रानाले सरकारले बालबालिकाको संरक्षणको विषयलाई गम्भीर विषयको रूपले लिएर आवश्यक कदम चाल्नुपर्ने समेत स्पष्ट पारिन् ।




