काठमाडौँ :- श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्ने समय नदिएको भन्दै प्रतिनिधिसभाको वेल घेराउ गर्दै नाराबाजी गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको धारणा प्रस्तुत गरेका थिए। त्यसपछि विभिन्न प्रतिपक्षी दलका नेताहरूले आफ्नो भनाइ राखेका थिए।
तर सभामुख डोलप्रसाद अर्यालले बोल्ने सूचीमा श्रम संस्कृति पार्टीका सांसदहरूको नाम नरहेको भन्दै समय नदिएपछि उक्त पार्टीका सांसदहरू असन्तुष्ट बनेका हुन्। विरोधस्वरूप उनीहरूले संसद्को वेल घेराउ गर्दै नाराबाजी गरेका छन्।
बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका सांसद प्रमेश हमाल तथा राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेका थिए।
श्रम संस्कृति पार्टीको विरोध जारी रहे पनि सभामुख अर्यालले संसद् बैठक सञ्चालन गरिरहेका छन्।




