काठमाडौँ :- अछामको कमलबजार नगरपालिका–७ क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गएराति से १ ज ६१३ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खस्दा कमलबजार–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
दुर्घटनामा घाइते भएका भाटको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा १३ वर्षीय मीनबहादुर भाट र ३० वर्षीय बद्री भाट पनि घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको छ।
जिप चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




