काठमाडौँ :- सरकार गठनको करिब दुई महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन् ।
अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि १६ जेठमा नेपाल आउन लागेकी हुन् । १३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि काठमाडौं भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनेछिन् ।
यसअघि वैशाखमा छुट्टाछुट्टै नेपाल आएका अमेरिकी अधिकारीहरू समीर पल कपुर र सर्जियो गोरभन्दा पनि रोजर्स माथिल्लो तहकी अधिकारी हुन् । सरकार गठनयता लगातार उच्चस्तरीय अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण भइरहनुले कूटनीतिक वृत्तमा चासो बढाएको छ ।
उक्त कार्यक्रममा पर्वतारोहण कम्पनी, आउटडोर ब्रान्ड, पर्यटन क्षेत्रका सरोकारवाला र उद्योग साझेदारहरूले सगरमाथाको भविष्य कसरी निर्माण गरिरहेका छन् भन्ने विषयमा छलफल हुनेछ ।




