काठमाडौँ :- भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ। आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको छ भने पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिएका छन्।
आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने बताइएको छ।
हाल विद्यालय परिसरमा जलेका सामग्री हटाउने तथा सरसफाइको काम सुरु गरिएको छ। विद्यालय प्रशासनका अनुसार लामो समय पठनपाठन अवरुद्ध हुन नदिने गरी वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको छ।
प्रहरी वृत्त जगातीले क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको जनाएको छ।




