काठमाडौँ :- मलेसियामा आजदेखि सुरु भएको एसिसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले कतारविरुद्ध ७७ रनको लक्ष्य पाएको छ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै कतारलाई १६.५ ओभरमा ७६ रनमा अलआउट गर्यो।
कतारका लागि गेन्टेडु चन्डिरुले सर्वाधिक २५ रन बनाइन् भने कप्तान आयशाले १० रनको योगदान दिइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा जारी खेलमा नेपालका लागि कप्तान रुविना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्। यस्तै पूजा महतो, रिया शर्मा र कविता कुँवरले समान एक–एक विकेट हात पारे।
सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।




