काठमाडौँ :- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले देशको सार्वभौमसत्ता र अखण्डताको विषयमा सत्ता–प्रतिपक्ष, पार्टी, जाति वा धर्मको विभाजन हुन नसक्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको सिमाना, अखण्डता र सार्वभौमसत्ता जोगाउने विषयमा सबै सांसदको साझा धारणा र एउटै माग हुनुपर्ने बताए। “हामी सबै नेपाली हौँ, देश पार्टी, जाति, धर्म र वर्गभन्दा माथि हुन्छ,” उनले भने।
साम्पाङले आइतबार संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसबारे स्पष्टिकरण दिन प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्ने माग गरे। “प्रधानमन्त्रीजस्तो सरकार प्रमुखले दिएको अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ,” उनले भने, “प्रधानमन्त्रीज्यू संसद्मा उपस्थित हुनुपर्छ भन्ने मेरो माग छ।”




