काठमाडौँ :- बाजुरामा ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार आज बिहान बूढीनन्दा नगरपालिका–६ कोटिलामा टेकेन्द्र र नीर रावतबीच स्थानीय होटलमा मदिरा सेवनपछि विवाद भएको थियो। सोही विवादका क्रममा नीर रावतको मृत्यु भएको हो।
मदिरा सेवन गरेका दुवै जनाबीच विवाद चर्किँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गा लागेर नीर रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




