काठमाडौँ :- विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटक सफलतापूर्वक आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पालाई संघीय संसद सचिवालयले सम्मान गरेको छ। सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख डीपी अर्याल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई सम्मान गरेका हुन्।
कार्यक्रममा शेर्पाले आफूले सगरमाथा १० औं पटक, ८ हजार मिटरभन्दा अग्ला हिमाल ३६ पटक तथा विश्वभर गरी करिब ७० वटा हिमालको सफल आरोहण गरिसकेको जानकारी दिए।




