काठमाडौँ :- सेयर बजार आज १३.४६ अंक घटेको छ ।
नेप्से परिसूचक २७६६ अंकमा कायम भएको छ । साढे १२ बजेपछि बजारले आज ओरालो गति लियो ।
६३ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम १ अर्बभन्दा धेरै घटेको छ । अघिल्लो दिन ५ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७० करोडको भयो ।
सबैजसो समूगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो ।
त्यस्तै बैंकिङ ०.०३, विकास बैंक ०.४४, फाइनान्स ०.२३, होटल तथा पर्यटन १.०७, जलविद्युत् ०.५१, लगानी ०.४६, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा १.२० तथा अन्य समूह ०.७५ प्रतिशत घटे ।
कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो । त्यस्तै न्यादी हाइड्रोपावरको मूल्य ९.१६, सेन्ट्रल फाइनान्सको ४.७८ प्रतिशत मूल्य बढ्यो । मूल्य बढ्नेमा आज विभिन्न बैंक तथा वित्तीय संस्थाका डिवेन्चर पनि अगाडि रहे ।
विजय लघुवित्तको ४.६९, भगवती हाइड्रोपावरको ४.२७, आँखुखोला जलविद्युतको ४.०७ तथा होटल फरेस्ट इनको ३.६६ प्रतिशत मूल्य घट्यो ।




