काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।
काठमाडौँमा उपलब्ध कोसी र मधेस प्रदेशका सांसदहरूसँग सभापति लामिछानेले छुट्टाछुट्टै छलफल गर्न लागेका हुन् । सांसदहरूबाट प्राप्त सल्लाह–सुझावका आधारमा छलफल आयोजना गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
कोसी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र मधेस प्रदेशका सांसदहरूसँग दिउँसो साढे १ बजेदेखि साढे ३ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल हुने कार्यक्रम रहेको छ ।




