काठमाडौँ । भारतीय राज्य उत्तर प्रदेशको कुशीनगरबाट ४५३ नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। नेपाल प्रहरी र भारतीय प्रहरीबीचको सहकार्यमा उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइएको हो।
शनिबार बिहान आठ वटा बसमा सवार उनीहरू बेलहिया नाका हुँदै रुपन्देही पुगेका छन्। प्रहरीले उद्धार गरिएका व्यक्तिहरूको परिचय खुलाउने तथा आवश्यक विवरण सङ्कलन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार रोजगारीको आश्वासन दिएर उनीहरूलाई भारतको उक्त क्षेत्रमा पुर्याइएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




