काठमाडौँ :- नेपाली कांग्रेसका ४ लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरिसकेका छन्।
पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये बुधबारसम्म उक्त सङ्ख्यामा सदस्यले प्रक्रिया पूरा गरेका छन्। साथै, १ लाख २४ हजार ७४८ सदस्यले अद्यावधिक फाराम पेस गरी प्रक्रिया अगाडि बढाइरहेका छन्।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले सदस्यता अद्यावधिक अभियान उत्साहजनक रूपमा अघि बढिरहेको बताए।
कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई थप प्रविधिमैत्री बनाउने, सदस्यताको अभिलेख व्यवस्थित गर्ने तथा वास्तविक सदस्यहरूको एकीकृत तथ्याङ्क तयार पार्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको जनाएको छ।




