काठमाडौँ :- नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य पुनः वृद्धि गरेको छ।
संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा आजदेखि लागू हुने गरी नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो।
नयाँ मूल्यसूचीअनुसार एक साताको अवधिमा सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढेको छ।
चितवनलाई आधार मानेर तय गरिएको मूल्यअनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको संघले जनाएको छ।




