काठमाडौँ :- सशस्त्र प्रहरीले सप्तकोशी नदीको टापुबाट करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ बीच पर्ने सप्तकोशीको निको बीच टापुमा १६ वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा सोमबार फेला पारिएको हो।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत तथा सुरक्षा बेस रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको जनाएको छ।
टापु क्षेत्रमा रहेको गाँजा र्याप बोट प्रयोग गरी नदीपारि ल्याइएको थियो। बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।




