काठमाडौँ :- सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा राष्ट्रिय मुद्दाबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
भेटका क्रममा लोकतान्त्रिक संस्थाहरूलाई थप मजबुत बनाउने, संसदलाई जनमुखी र प्रभावकारी बनाउने तथा राजनीतिक स्थायित्व कायम गर्ने विषयमा पनि विचार आदानप्रदान भएको सचिवालयले उल्लेख गरेको छ ।




