काठमाडौँ :- काठमाडौंको ठमेल क्षेत्रमा पर्यटक तथा सर्वसाधारण पुरुषलाई हैरानी दिएको आरोपमा नौ जना विदेशी नागरिक पक्राउ परेका छन्।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार उनीहरूले ठमेल क्षेत्रमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई बाटो छेकेर अशोभनीय गतिविधिसम्बन्धी मोलमोलाइ गर्दै दुःख दिइरहेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




