काठमाडौँ :- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने भएका छन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रममा अर्थमन्त्री वाग्लेले गत शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे जानकारी दिने तथा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। बजेटमा आर्थिक वृद्धि, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएको सरकारको दाबी छ।




