काठमाडौँ :- सरकारले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालयसहित विदेशस्थित नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।












