काठमाडौं :- कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।
कांग्रेस सरकारबाट बाहिरिएसँगै केन्द्रीय तहमा भएको सहमतिअनुसार कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी र एमालेको नयाँ सरकार बन्ने बताइएको छ।












