एजेन्सी :- इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा २६९ विद्यार्थी अस्पताल भर्ना भएका छन् ।
कारो रिजेन्सीका पाँच विद्यालयका विद्यार्थीमा वाकवाकी, बान्ता, छालामा एलर्जी र सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखिएको बताइएको छ। विद्यार्थीले खाएको माछाको तरकारीमा समस्या भएको आशंका गर्दै नमूना परीक्षणका लागि पठाइएको छ भने सबै बिरामीको अवस्था स्थिर रहेको अधिकारीहरूले जनाएका छन्।












