काठमाडौं :- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश आगमनसँगै कांग्रेस एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लेखकले कांग्रेस मानसिक रूपमा विभाजित र संगठनात्मक रूपमा खण्डित हुने अवस्थामा पुगेको बताए।
उनले देउवाको अगुवाइमा पार्टीलाई पुनः एकताबद्ध गर्दै त्रुटि सच्याएर विशेष र नियमित कार्यसमितिलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए।
‘कांग्रेस एकताबद्ध भएर देशका समस्या सम्बोधन गर्नुपर्ने अवस्था छ। देउवाको स्वदेश आगमनले कांग्रेस एकता गर्ने स्थिति बन्न सकोस्,’ उनले भने।












